विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिने माओवादीको निर्णय - Chaitanya News
  • 2026-11-18
  • 13:39:31
  • बुधबार,मंसिर ०३, २०८३
  • विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिने माओवादीको निर्णय

    विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिने माओवादीको निर्णय

    काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको विधान अधिवेशनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ।

    शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको अधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो।बैठकमा नेताहरुबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

    बैठकमा नेताहरुले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याएको पनि प्रवक्ता सापकोटाले बताए।

    बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राखेका थिए।