विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने आयोगको तयारी - Chaitanya News
  • 2026-07-13
  • 21:34:56
  • सोमबार,आषाढ २९, २०८३
  • विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने आयोगको तयारी

    विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने आयोगको तयारी

    काठमाडौँ– निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल गरेको छ। आयोगले आज (शुक्रवार) विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो।

    २०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको जानकारी आयोगले गराएको लोकतान्त्रिक समाजवादी पार्टीका सचिव मनिष मिश्रले बताए।

    त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ। नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था रहेको छ।