तीन जना प्रहरीको सरुवा - Chaitanya News
  • 2026-11-18
  • 13:39:21
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीको काज सरुवा भएको छ। उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा काजमा सरुवा गरिएको हो।

    सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन्। माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन र विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानबिच विवाद भएका थियो।

    गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको विवाद छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ। प्रहरी जवान रवि रञ्जन गुप्तालाई विभागीय कारबाही र डिएसपी रेवती रमण पोखरेललाई सचेत गराउन समितिले सिफारिस गरेको छ। समितिले अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई पनि जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ।