राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी छोड्दैन : अग्निप्रसाद सापकोटा - Chaitanya News
  • 2026-07-13
  • 21:35:19
  • सोमबार,आषाढ २९, २०८३
  • राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी छोड्दैन : अग्निप्रसाद सापकोटा

    राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी छोड्दैन : अग्निप्रसाद सापकोटा

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोड्ने बताएका छन्। यस विषयमा शुक्रवार दिउँसो बस्ने स्थायी समिति बैठकमा पनि छलफल हुने उनले जानकारी दिए ।

    फागुनको पहिलो हप्ता प्रज्ञा भवनमा हुने विधान अधिवेशनका एजेन्डा तय गर्न माओवादीले दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ। आजको बैठकमा मस्यौदा विधान पेस गर्नुको साथसाथै अध्यक्षले समसामयिक राजनीतिका सम्बन्धमा आफ्ना धारणा राख्ने सापकोटाले बताए।

    ‘मूलतः स्थायी समिति बैठकमा मस्यौदा विधानबारे छलफल हुन्छ। साथै आजको बैठकमा अध्यक्षले समसामयिक राजनीतिबारे आफ्ना धारणा राख्नुहुन्छ। राष्ट्रियसभामा रिक्त हुने अध्यक्षमा माओवादीको दाबी रहन्छ। संवैधानिक परिषदमा शून्य हुने स्थिति आउन दिने छैन’,उनले भने।

    माओवादीले मस्यौदा विधानमाथि छलफल गरी परिमार्जनसहित पारित गर्न शुक्रवार र शनिवार स्थायी समिति बैठक राखेको छ। माओवादीले चार महिने विशेष रूपान्तरण अभियानबारे समीक्षा गर्न २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ।