लोक सेवा आयोगको लिखित परीक्षा तत्कालका लागि स्थगित - Chaitanya News
  • 2026-06-07
  • 16:40:23
  • आइतबार,जेठ २४, २०८३
  • लोक सेवा आयोगको लिखित परीक्षा तत्कालका लागि स्थगित

    लोक सेवा आयोगको लिखित परीक्षा तत्कालका लागि स्थगित

    काठमाडौँ– लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ।

    आज (बुक्रबार)एक सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो।

    सूचना नं. १६४( २०८०–८१ प्रकाशन मिति २०८०ण्–१०–२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०–१०–२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो। आयोगको मिति २०८०–१०–२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।