निःशुल्क भनिएका स्वास्थ्य सुविधा सरकारले उपलब्ध गराएको स्वास्थ्य मन्त्री बस्नेतको दाबी - Chaitanya News
  • 2026-05-04
  • 08:02:13
  • सोमबार,बैशाख २१, २०८३
  • निःशुल्क भनिएका स्वास्थ्य सुविधा सरकारले उपलब्ध गराएको स्वास्थ्य मन्त्री बस्नेतको दाबी

    निःशुल्क भनिएका स्वास्थ्य सुविधा सरकारले उपलब्ध गराएको स्वास्थ्य मन्त्री बस्नेतको दाबी

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा निःशुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा निःशुल्क उपचार नपाउने भएर नागरिकको ज्यान जाने अवस्था हुन नहुने बताएका छन्।

    मन्त्री बस्नेतले संविधानले निःशुल्क भनेका स्वास्थ्य सुविधालाई नेपाल सरकारले उपलब्ध गराएको पनि दाबी गरे।

    मानसिक स्वास्थ्य अस्पताल लगनखेलको किशोर किशोरी मानसिक स्वास्थ्य एकाइ उद्घाटन समारोहमा मन्त्री बस्नेतले हरेक एक सय जनामा १० मानसिक रोगी भेटिने गरेको तथ्य पाइएको पनि उल्लेख गरेका छन्।