काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माधव नेपालले अब कुनै हालतमा चुनाव नजित्ने बताएका छन। आज ( मंगलबार) नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनमा बोल्द ैउनले यस्तो बताएका हुन्। यस्तै उनले नेपाललाई ठबन्धनले लातले हानेपछि मात्रै थाहा पाउने पनि बताए। अर्को पटकदेखि माधव नेपालले चुनाव समेत नजित्ने दाबी समेत गरे।
‘त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ’, ओलीले भने, ‘अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन्। उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन। जित्न पनि दिनुहुँदैन।
ओलीले एमालेले माधवलाई प्रधानमन्त्री समेत बनाएपनि दुई तिहाइको सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पेको आरोप लगाए।
‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका। अहिले त काठमाडौँतिरै छन्। गठबन्धन भत्कन दिन्नँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन्’ अध्यक्ष ओलीले नेपालको नाम लिँदै भने, ‘हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौँ सवैचिज गर्यौ। तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने माधव नेपाल यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन्।’
अध्यक्ष ओलीले गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको उदाहरण दिँदै अर्को चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने दाबी गरे। उनले गठबन्धनले समेत नेपाललाई लातले हानेपछि थाहा पाउने चेतावनी दिए।