1.तलका भनाई बारे बिचार गर्नुहोस् सहि गलत के हुन्? छुट्याउनुहोस्।
a.लिच्छवीकालमा कुमारामात्य भनेर युवराजको सहायकलाई चिनिथ्यो।
b.नेपालको पहिलो मजदुर हड्ताल विराटनगरबाट सुरु भएको थियो।
c.सन् ४०६ मा भिक्षु झिङझ्याङ बुद्ध धर्मको प्रचार गर्न नेपाल प्रवेश गरेका थिए।
d. लुम्बिनीमा सम्राट अशोकले निर्माण गरेको स्तम्भमा ब्राम्ही भाषा र पाली लिपी प्रयोग गरिएको थियो।
A. A बेठिक अरु सबै ठिक B. D बेठिक अरु सबै ठिक
C. B बेठिक अरु सबै ठिक D. C बेठिक अरु सबै ठिक
2.प्यागोडा शैलीका बारेमा तलका भनाइहरु विचार गर्नुहोस् र सहि÷गलत के हुन् ? छुट्याउनुहोस्।
a.प्यागोडा शैलीका मन्दिरहरुलाई Multiple roofed temple or tiered temple पनि भनिन्छ।
b. टुंडाल र तोरणको प्रयोग गरिन्छ।
c.भारतमा गुप्त राजवंशीहरुको पालामा यो शैलीको प्रयोग गरिएको थियो।
d.प्यागोडा शैलीलाई छाने शैली पनि भनिन्छ।
A.a मात्र बेठिक अरु सबै ठिक B. b मात्र बेठिक अरु सबै ठिक
C. c मात्र बेठिक अरु सबै ठिक D.d मात्र बेठिक अरु सबै ठिक
3. युनेस्को सम्पदा क्षेत्र भित्र पर्ने विलान्ड्रा फोल क्षेत्र कहाँ अवस्थित छ ?
A.संयुक्त राज्य अमेरिका B.अष्ट्रेलिया C. संयुक्त अधिराज्य D.जर्मनी
4.तलका भनाईहरु विचार गर्नुहोस् र सहि गलत के हुन्? छुट्याउनुहोस्।
1.स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष उमेर पुरा भएको हुनुपर्छ।
2.सुदुरपश्चिम प्रदेश अन्तर्गत स्थानीय तहको संख्या ८८ रहेको छ।
3. सबैभन्दा बढी स्थानीय तह प्रदेश २ अन्तर्गत पर्दछन् ।
A.1 र 2 ठिक B.2 र 3 ठिक C. सबै ठिक D. सबै बेठिक
5. सामुन्द्रिक आँधिका विभिन्न फरक फरक नामहरु बारे विचार गर्नुहोस्।
१. उत्तर आन्ध्र महासागर र पूर्वी प्रशान्त महासागरीय क्षेत्रमा हुरिकेन नामले चिनिन्छ ।
२. उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा Typhoon नामले चिनिन्छ ।
३. हिन्द महासागरमा साइक्लोन नामले चिनिन्छ ।
४. दक्षिणी प्रशान्त महासागरमा विलिविलि नामले चिनिन्छ ।
माथि उल्लेखित अनुसार निम्न लिखितमा सहि उत्तर छान्नुहोस् ।
A. १ मात्र सही हो B.१ र २ मात्र सही C. १, २ र ३ मात्र सही D. १, २, ३ र ४ सबै सही
6.काराकुम मरुभूमी कहाँ पर्दछ?
A. नामिविया B. तुर्कमेनिस्तान C. सोमालिया D.अमेरिका
7.नदीहरूको उत्पत्ति स्थलका आधारमा कुन सही छैन?
A.लिखु खोला – रोल्वालिङ हिमाल
B.मुगु कर्णाली – लद्धाख
C.मावा खोला – शिवलिक पर्वत
D. झिमुख खोला – गौमुखी
8.Kerensky तलको कुन घटनासँग सम्बन्धित छ?
A.फ्रान्सेली राज्य क्रान्ति B.औद्योगिक क्रान्ति C.रुसी क्रान्ति D. कुनै पनि होइन
9.नेपालमा पहिलो परामर्श दातृ सरकारको गठन कहिले भएको थियो?
A.वि.सं. २००९ साउन ३० B.वि.सं. २००९ भदौ ३०
C.वि.सं. २००९ असोज ३० D. वि.सं. २००९ साउन १०
10.प्रथम विश्वयुद्ध हुनुको प्रमुख कारण देहाय मध्ये कुन हो?
1.शक्तिकरणको होडबाजी बढ्दै जानु
2.पोल्याण्डमाथी जर्मनको आक्रमण
3.अस्ट्रियाले सार्भियामाथी आक्रमण
4.जर्मनीले फ्रान्सलाई एक्ल्याउन गरेका विभिन्न गुप्त सन्धी तथा सम्झौताहरु
माथि दिइएका भनाइ कुन ठीक हो/हुन्?
A.1 र 2 मात्र B. 3 र 4 मात्र C. 1, 2 र 3 मात्र D. 3 मात्र
11.तलका भनाईहरु विचार गर्नुहोस् र सहि गलत के हुन्? छुट्याउनुहोस्।
1.विकास प्रशासनका जन्मदाता भनेर विड्रो विल्सनलाई चिनिन्छ।
2.सार्वजनिक प्रशासनको क्षेत्रमा इल्टन मायोले वैज्ञानिक व्यवस्थापन सिद्धान्तको प्रतिपादन गरेका थिए।
3.Re–inventing Government नामक पुस्तकका लेखक डेविड ओसवन र टेड ग्याबलर हुन्।
4.नेपाल राजपत्रमा ६ भाग रहेका हुन्छ।
A. 2 र 4 ठिक B.3 र 4 ठिक C. 1, 2 र 3 ठिक D. 1, 2 र 4 ठिक
12.पृथ्वी नारायण शाहका पालामा पटनामा रहेको भारत मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो?
A.जैशीकोठा B.मुन्सीखाना C. कोशीतोप खाना D. इलाइची कोठी
13.सबै किसिमका जातीय भेदभाव उन्मुलन सम्बन्धित महासन्धी, १९६५ मा कति धारा रहेका छन्?
A. २२ धारा B.२३ धारा C. २४ धारा D.२५ धारा
14.तलका भनाईहरु विचार गर्नुहोस् र सहि गलत के हुन्? छुट्याउनुहोस्।
1.इन्चेन घोषणापत्र (२०१३–२०२२) अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित छ।
2.राष्ट्रिय महिला आयोगको प्रथम अध्यक्ष दुर्गा पोखरेल रहेकी थिइन्।
3.नेपालको वर्तमान संविधानअनुसार जिल्ला समन्वय समितिमा कम्तीमा ३ जना महिलाको प्रतिनिधित्व रहने व्यवस्था रहेको छ।
A. 1 र 2 ठिक B.2 र 3 ठिक C. 1, 2 र 3 ठिक D. सबै बेठिक
15. तलका भनाईहरु विचार गर्नुहोस्?
1.मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा ३० धारा रहेका छन्।
2.राष्ट्रिय मानवअधिकार आयोगको पहिलो अध्यक्ष नयन बहादुर खत्री हुन्।
3.हरेक वर्ष डिसेम्बर १० लाई स १९६८ देखि मानव अधिकार दिवस मनाइदै आएको छ।
A.1 र 2 ठिक B. 2 र 3 ठिक C. सबै ठिक D. सबै बेठिक
16.नेपालको पर्यटन सम्बन्धमा निम्न कथनहरु विचार गर्नुहोस्।
१.नेपालमा सबैभन्दा बढि पर्यटक मनोरञ्जनका लागि आउँछन्।
२.हालसम्मको सफल भ्रमण वर्ष सन् १९८८ हो।
३.नेपालमा दोस्रो बढी पर्यटक युरोप महादेशबाट आउँछन्।
उपरोक्त कथनहरु मध्ये कुन सहि छछन्?
A. सबै ठिक B.१र २ मात्र C. २ र ३ मात्र D. १ र ३ मात्र
17.विभिन्न बाली र बढी उत्पादन हुने प्रदेश बीच जोडा मिलाउनहोस्।
a.धान 1.गण्डकी प्रदेश
b.फापर 2.कोशी प्रदेश
c.कोदो 3.मधेश प्रदेश
d.जौं 4.कर्णाली प्रदेश
A_ a-4, b-2, c-3, d-1 B_ a-3, b-1, c-2, d-4 C_ a-3, b-2, c-l, d-4 D_ a-4, b-1, c-3, d-2
18.नेपाल पर्यटन दूरदृष्टि २०२० को कार्यन्वयनको लागि घोषणा गरिएका पर्यटन अभियान वर्षहरुबारे जोडा मिलाउनुहोस् ।
a) सन् २०१३ 1. मिथिला र सहलेस पर्यटन वर्ष
b) सन् २०१४ 2.सिस्ने जलजला, ढोरपाटन र कर्णाली पर्यटन वर्ष
c) सन् २०१८ 3. अरुण–सगरमाथा पर्यटन वर्ष
d) सन् २०२० 4.आन्तरिक भ्रमण तथा नागरिक उड्डयन पर्यटन वर्ष
A_ a–1, b–2, c–3= d–4 B_ a–4, b–1, c–3, d–4 C_ a–2, b–1= c–3, d–4 D_ a–4, b–3, c–2, d–1
19.जिल्लाको सदरमुकामका आधारमा सही विकल्प छनौट गर्नुहोस्।
a.भारतको नक्सा जस्तै भएको जिल्ला 1.रामेछाप
b.३ लालको जिल्ला 2.संखुवासभा
c.हलो क्रान्ति शुरु भएको जिल्ला 3.ओखलढुंगा
d.तीन तिरबाट पानीले छुटाएको जिल्ला 4.लमजुङ
A_ a–2, b–4, c–3, d–1 B_ a–2, b–3, c–1, 6–4 C_ a–3, b–1, c–2, d–4 D_ a–2, b–1, c–4, d–3
20.सगरमाथासँग जोडिएको अर्को चिनियाँ राष्ट्रिय निकुञ्ज कुन हो? .
a.झोमोलोङ्मा b.चोपोलोङ्मा c.मितिगुती d.चोमोलोङ्मा
1. B 11. B
2. C 12. D
3. B 13. D
4. A 14. C
5. B 15. C
6. B 16. A
7. C 17. C
8. C 18. C
9. A 19. D
10. B 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100