निजामती सेवा ऐन चैत अघि नै ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता - Chaitanya News
  • 2026-07-14
  • 01:30:39
  • सोमबार,आषाढ २९, २०८३
  • निजामती सेवा ऐन चैत अघि नै ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

    निजामती सेवा ऐन चैत अघि नै ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैतअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताएका छन्।

    आज (बुधबार) सिंहदरवारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्रीसँग परिषद्को तेस्रो बैठकमा प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत् ऐनलगायत प्रदेशसँग सम्बन्धित केही अधिकार दिने प्रतिबद्धता व्यक्त गरेको बताए।

    उनले परिषद्को तेस्रो बैठक प्रदेशलाई केही अधिकार दिएर मात्रै बस्ने प्रधानमन्त्रीको प्रतिबद्धता रहेको उनको भनाइ थियो। मुख्यमन्त्री कार्कीले परिषद्को पहिलो बैठकले गरेका निर्णय कार्यान्वयन नभएको बताए। उनले प्रदेश सरकारको अबको संघर्ष कानुन निर्माणका लागि संघीय संसद्सँग हुने बताए।