सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित - Chaitanya News
  • 2026-07-14
  • 01:35:41
  • सोमबार,आषाढ २९, २०८३
  • सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित

    सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित

    काठमाडौँ– सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिंग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ।

    आज (बुधवार) बसेको प्रतिनिधि सभाको बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित गरेको हो।

    सो विधेयक पारित गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राखेका थिए। सो प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्।