प्रधानमन्त्री प्रचण्डले भने: मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, संघीयता कार्यान्वयनमा लाग्छु - Chaitanya News
  • 2026-07-14
  • 01:14:46
  • सोमबार,आषाढ २९, २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने: मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, संघीयता कार्यान्वयनमा लाग्छु

    प्रधानमन्त्री प्रचण्डले भने: मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, संघीयता कार्यान्वयनमा लाग्छु

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको संवाहक हुनुका नाताले आफू संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    आज (बुधबार) सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले ‘संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ संघीयता कार्यान्वयनमा लाग्छु,’ उनले भने। २०७६ सालमा परिषद्सम्बन्धी कानुन बने पनि पहिलो बैठक आफूले नै गत असारमा राखेको प्रधानमन्त्रीले सम्झिए।

    संघ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय र सुदृढ गर्न परिषद्को बैठक राखिएको उनले बताए। ‘चारवर्ष एउटै बैठक नबसेर बित्यो। मैले ६ महिनामा २ वटा बैठक राखेर संघीयता कार्यान्वयनको पहल लिएको छु,’ उनले भने।

    संघीयता कार्यान्वयन गर्न आफू मुख्यमन्त्रीहरूसँग लगातार छलफलमै रहेको जानकारी दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिए।