काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाएका छन।
आज (बुधबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक गिरीले नेपाली जनताले सरकारबाट आशा गर्ने ठाउँ गुमाएकाले युवाहरू विदेश पलायन हुने क्रम बढेको बतएका हुन्।
‘यस्तै उनले भने नेपालको राजनीतिक नेतृत्वबाट यो वर्तमान सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ भेटिराखेको अवस्था छैन। त्यही कारणले आफ्नो आत्मविश्वास गुमाएर युवाहरू देश छोडेर विदेश भाग्ने क्रम सुरु भएको छ’, उनले भने, ‘जसरी एउटा रुख सुक्यो भने त्यसमा रहेका चराहरूले त्यो रुख छोडेर अर्को हरियो रुखतिर जान्छन्। त्यस्तै गरेर यो देशमा मेरो भविष्य छैन भन्ने ठानेर मान्छे पलायन हुनुपर्ने ठाउँमा अहिले परिस्थिति पुगेको छ।
विगत एक वर्षको अवधिमा सरकारले नेपाली जनतालाई असल कानुन र नीति दिन नसकेको समेत गिरीले बताए। उनले पछिल्लो एक वर्षमा संसद पनि प्रभावकारी हुन नसकेको बताए।
‘जुन ढंंगले संसदमा सघन र घनिभूत ढंगले छलफल हामीले गर्नुपर्थ्यो र नेपाली जनतालाई हामीले असल नीति दिने, असल कानून दिने काममा हामी जसरी प्रभावकारी ढंगले चलाउन सक्नुपर्दथ्यो। विगतमा हामी चुक्यौँ’, उनले भने।