विकासका काममा सरकारले आफूखुसी गरेको छ : सांसद डा.अमरेशसिंह - Chaitanya News
  • 2026-07-14
  • 04:30:12
  • सोमबार,आषाढ २९, २०८३
  • विकासका काममा सरकारले आफूखुसी गरेको छ : सांसद डा.अमरेशसिंह

    विकासका काममा सरकारले आफूखुसी गरेको छ : सांसद डा.अमरेशसिंह

    काठमाडौँ– सांसद डा. अमरेश कुमार सिंहले सरकारले विकास निर्माणका कामहरू आफुखुसी गरेको आरोप लगाएका छन्।

    आज ( बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। यस्तै उनल विकासका कामहरू अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवास्ता गरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई प्रश्न समेत गरे।

    उनले भने, ‘यो सरकारमा विकास निर्माण अवरुद्ध गर्न नै खोजिएको हो। गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी भएको छैन, नयाँ काम सुरु भएको छैन। काम सुरु भएको छ जम्मा तीन जिल्लामा, अर्थमन्त्रीको जिल्ला नुवाकोट, सत्ता गठबन्धनको जिल्ला डडेलधुरा र अर्को चितवन बाँकी ७४ जिल्लामा विकास निर्माण हुनुहुँदैन? भौतिक पूर्वाधार मन्त्री यहीँ हुनुहुन्छ, सोध्न चाहन्छु।’

    यस्तै, उनले ठेक्का लागिसकेको योजनामा पनि काम नभएको भन्दै यो देश तीन जिल्लाको मात्रै नभएको बताए।

    उनले भने, ‘ठेक्का लागिसकेको छ, त्यसमा काम किन नहुने? यो तीन जिल्लाको मात्रै यो देश हो वा तीन जनाको मात्रै यो देश हो? किनभने अहिले पनि २ खर्बभन्दा बढीको नुवाकोटमा, गोरखा, चितवनमा आयोजना स्वीकृत भएको छ।