संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्छ : महामन्त्री थापा - Chaitanya News
  • 2026-07-14
  • 04:29:39
  • सोमबार,आषाढ २९, २०८३
  • संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्छ : महामन्त्री थापा

    संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्छ : महामन्त्री थापा

    काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसद्मा रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन्। आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हु्न्।

    यस्तै उनले राजनीतिक दलहरूले संसद्मा काम गर्ने तरिका बदलेर प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताए। ‘संसद्‌भित्र रहेका राजनीतिक दलहरूले काम गर्ने तरिका बदल्नुपर्ने भएको छ,’ उनले भने, ‘यो पटकको संसद्को अधिवेशन थप जिम्मेवार र क्रियाशील बनाउनेछौं।

    संसद्को ठूलो दल भएको नाताले कांग्रेसले संसद्लाई प्रभावकारी बनाउन भूमिका खेल्ने थापाले प्रतिबद्धता जनाए। सरकारले संसद्‍बाट गरेको अपेक्षा पूरा गर्न र जनताले संसद्बाट गरेको अपेक्षा पूरा् गर्न कांग्रेस प्रतिबद्ध रहेको उनले बताए। उनले कांग्रेसका सांसदहरू अधिवेशनभरी क्रियाशील रूपमा संसदमा उपस्थित हुने बताए । संसद्लाई आम नागरिकसँग जोड्नका लागि भूमिका खेल्ने थापाको भनाइ थियो।

    संसद्को यसअघिको अधिवेशनबाट संसद् र सरकार सन्तुष्ट नरहेको थापाको भनाइ थियो। उनले संघीयता र संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि सरकारले विधेयक संसद्‍मा ल्याउनुपर्ने बताए।

    सरकारले संघीयता कार्यान्वयन र संविधान कार्यान्वयन गर्नका लागि विधेयक ल्याउने आश्वासन दिएको र सांसदहरूले पनि सोहीअनुसार क्रियाशीलता देखाउनुपर्ने उनले बताए।

    संसद्ले कार्यतालिका नै बनाएर अघि बढेको र संसदीय समितिहरूले पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने सांसद थापाको भनाइ थियो।

    यस्तै उनले ‘समुदायसँग कांग्रेस’ अभियानका क्रममा ठूला—साना पूर्वाधारको बेहाल अवस्था रहेको बताए। ‘हाम्रा आयोजनाको बेहाल छ। यो हामी सबैको सामुहिक असफलता हो। हामीले पूर्वाधार समयमा बनाउन सकिरहेका छैनौं। केही न केही कुरा ठीक भइरहेको छै,’ उनले भने।

    ठीक गराउने सन्दर्भमा जिम्मेवारी र मौका पनि रहेको बताए। ‘सार्वजनिक खरिद ऐनमा कसले कतिमा बनाउने प्रतिस्पर्धा गराउँछौँ, कसले कति समयमा बनाउने भन्ने व्यवस्था पनि त्यहाँ छ। त्यो कानुनी व्यवस्थाको प्रयोग हामीले गरेका छैनौं,’ उनी भन्छन्, ‘कानुनमा समस्या भए कानुन बनाउने ताकत यो संसदसँग छ। संसदले यसमा काम गर्नुपर्ने छ।

    अभियानका क्रममा आफू नडराएको भन्दै कही न कही भरोसा गुम्दै गएको उनको भनाइ छ। ‘राजनीतिक, आर्थिक सामाजिक, सांस्कृत अधिकार पाएको कुरामा नागरिकले ठूलो गौरव गरेका छन्। तर, भरोसा गुमाएको छ,’ उनी भन्छन्, ‘राजनीतिक दलप्रति मात्र होइन, अड्डा अदालत, प्रहरी, प्रशासन, बैंक वितीय संस्था सबैसँगको विश्वास गुम्दै गएको छ। यो विश्वासलाई पुर्नस्थापित गर्ने पर्छ। यसको सबैभन्दा बढी जिम्मेवारी सरकार सञ्चालन गर्नेले नै हो।