संघीय संसद्का महासचिव पाण्डेयले लिए पद तथा गोपनीयताको शपथ - Chaitanya News
  • 2026-07-14
  • 04:30:33
  • सोमबार,आषाढ २९, २०८३
  • संघीय संसद्का महासचिव पाण्डेयले लिए पद तथा गोपनीयताको शपथ

    संघीय संसद्का महासचिव पाण्डेयले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ– संघीय संसद्का नवनियुक्त महासचिव पद्‌मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज (बुधवार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन्।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका थिए।