आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-07-14
  • 04:30:31
  • सोमबार,आषाढ २९, २०८३
  • आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दै

    आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ– आज एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन्।

    जसअनुसार प्रतिनिधिसभाअन्तर्गतका ४ र राष्ट्रिय सभाअन्तर्गतका ४ वटा समितिका बैठक बस्न लागेको हो।

    प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान १० बजे बस्दैछ। महिला तथा सामाजिक मामिला समितिको बैठक ११ बजेका लागि बोलाइएको छ। त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठकको पनि बिहान ११ बजे नै बस्दैछ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने साढे ११ बजेका लागि बोलाइएको छ। त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दैछ।