रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनु मात्रै रास्वपाको उद्देश्य : सीके राउत - Chaitanya News
  • 2026-07-14
  • 04:30:45
  • सोमबार,आषाढ २९, २०८३
  • रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनु मात्रै रास्वपाको उद्देश्य : सीके राउत

    रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनु मात्रै रास्वपाको उद्देश्य : सीके राउत

    काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सीके राउतले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनु मात्र्र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उदेश्य रहेको बताएका छन। हिजो (आइतबार) जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले लामिछानेलाई प्रधानमन्त्री बनाउन बाहेक अर्को कुनै उद्देश्य नभएको समेत बताए।

    यस पार्टी (रास्वपा) सँग देशको जनताले धेरै आशा गरे तापनि देश विकासको कुनै राजनैतिक दर्शन, आर्थिक नीति वा निकास र विकासको कार्ययोजना देखिँदैन’, राउतले राजनीतिक प्रस्तावमा भनेका छन्, ‘यसको नेतृत्वको जति चाँडो सकिन्छ कुनै तरिकाले २०८४ पहिला नै सत्ता समीकरण बदल्दा प्रधानमन्त्री बन्न सकिन्छ कि, नभए २०८४ मा जनमत ल्याएर कसरी प्रधानमन्त्री बन्नेमा बढी सीमित देखिन्छ। मानौँ, प्रधानमन्त्री बन्ने बित्तिकै देशको सारा समस्या समाधान हुनेछ।’

    राउतले रास्वपाले नेपालको विविधता र सामाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेशी, आदिवासी, मुस्लिम, थारु सहितका सीमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न नसक्ने निष्कर्ष निकालेका छन्।

    नागरिकता विधेयकको विरोध, संघीयता र प्रदेशको विरोध, मधेश केन्द्रित नेता र दलहरूको विरोध, थरुहट आन्दोलन र पहिचान आन्दोलनप्रतिको दृष्टिकोण रास्वपाका परिचायक भएको राउतको दाबी छ।

    साथै, उनले रास्वपालाई लोकप्रियतावादबाट बढी निर्देशित रहेको भन्दै राष्ट्रपति, सेना, संघीयताको विरोध गर्नु यसैको उदाहरणका रूपमा रहेको उल्लेख गरेका छन्।

    सुरु धेरै सम्भावना देखिए पनि दीर्घकालीन योजनाको कमी रहेका रास्वपाका अध्यक्ष लामिछानेले विगतमा गरेका गल्तीका कारणले लगातार संकटमा थपिएको र अब कसैले पनि यसको नेतृत्व लिन सक्ने अवस्था नरहेको राउतको विश्लेषण छ।

    राउतले रास्वपाको उदय हुने राजनीतिक वा आर्थिक दर्शन बोकेर भन्दा पनि वर्तमान पात्रहरूबाट निराश भएर आक्रोशित जनमतले मौका दिएर उदाएको पार्टीका रूपमा व्याख्या गरेका छन्।