काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताएका छन्।
आज (सोमबार)जनकपुरधाम विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘पार्टी खोल्ने सुर होला। आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला।
उनले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मिहिनेत गर्नुपर्ने बताए। जनतालाई प्रदेश सरकार आवश्यक हुनुपर्ने जस्तो अनुभूति हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।
‘अहिले जनता के भन्न थालेका छन्, प्रदेशका मन्त्रीले झण्डा हलाएर मात्र के हुन्छ रु काम त केही भएन। जनताले के ठानुन् भने संघीयता आवश्यक छ, प्रदेश आवश्यक छ, स्थानीय तह आवश्यक छ। उनीहरूले राम्रो काम गरेको छ,’ ओलीले भने।