काठमाडौँ– नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाई प्रोफाइल सहकारी ठगलाई छानबिनको दायरामा समेत ल्याउन नसकेको बताएका छन्। नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ लक्षित गरी सरकारले हाई प्रोफाइललाई कारबाही गर्नै नसक्ने बताएका हुन्।
आज (आइतबार) आयोजित एक कार्यक्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।, ‘यस्तै उनले भने हाई प्रोफाइलका सहकारी ठगहरू अनेक नौटङ्की र बहानाबाजी गरेर हिँडिरहेका छन्। हाई प्रोफाइलका सहकारी ठगहरूलाई सरकारले कारबाही गर्ने त परै जाओस्, छानबिनको दायरामा पनि ल्याउन सकेको छैन।
रास्वपा सभापति रवि लामिछानेले कम्पनी रजिष्टार्ड कार्यालयमा बैंक स्टेटमेन्ट देखाएर गुडविल शेयरमार्फतको पैसा नगद लिएको देखिएको उनको दाबी छ। यसबाट ठगीमात्रै नभएर किर्ते र जालसाजीको मुद्दासमेत प्रभावित हुने उनले बताए। ‘म चाहिँ बाठो छु, भएभरका सबै लाटा छन्,’ भनेर रविले अभिव्यक्ति दिइरहेको उनले बताए।