काठमाडौँ– संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ। संघीय संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैको बैठकको लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ।
आज (आइतबार) सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकस्थलको अवलोकन गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगी उनले बैठकस्थलको अवलोकन गर्दै तयारीबारे जानकारी लिएका हुन्।
त्यस क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यसपटक संसद्लाई क्यालेन्डरअनुसार सञ्चालन गर्ने तयारी भएको बताए।