धनगढीमा रहेको चैतन्य पाठशालामा चैतन्य स्ट्रिम वर्कसपमा टेलिस्कोपबाट आज अन्तरिक्षमा अवलोकन गरियो - Chaitanya News
  • 2026-11-18
  • 14:41:42
  • बुधबार,मंसिर ०३, २०८३
  • धनगढीमा रहेको चैतन्य पाठशालामा चैतन्य स्ट्रिम वर्कसपमा टेलिस्कोपबाट आज अन्तरिक्षमा अवलोकन गरियो

    धनगढीमा रहेको चैतन्य पाठशालामा चैतन्य स्ट्रिम वर्कसपमा टेलिस्कोपबाट आज अन्तरिक्षमा अवलोकन गरियो

    धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर–५ शिवनगरमा रहेको चैतन्य पाठशालामा सञ्चालन भैरहेको चैतन्य स्ट्रिम वर्कसपमा टेलिस्कोपबाट अन्तरिक्षमा अवलोकन गरिएको छ।

    गत माघ १६ गते उद्दघाटन भएको स्टिम वर्कशप २०८० मा सबै विधाहरूमा ओरिन्टेसन र विभिन्न क्याम्पहरु निर्माण गरी उड्डयनमा विमान बनाउने देखि उडाउने परिक्षण गरिएको हो। यस्तै विभिन्न प्रोग्रामिङ का कक्षाहरू सञ्चालन गरिएका छन्। भोलि (शनिबार) पनि निरन्तर क्याम्प संचालन हुनेछन्।

    कार्यक्रम संयोजक बिन्दास बमका अनुसार रोबोटिक्स र सेटेलाइट क्याम्पमा काम अगाडि बढिरहेको छ। चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा माघ १६ देखी २२ गतेसम्म स्ट्रिम वर्कसप सञ्चालन भैरहेको छ।

    स्ट्रिम वर्कसप कार्यक्रममा विभिन्न ११ ओटा विद्यामा एक हप्तासम्म वर्कसप कक्षा चलाउने र महत्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट प्लेन पनि उडाउने योजना छ।

    यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर रहने छन्। यस्तै रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी (टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेट) रहने छन्। चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले बिद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने उद्देश्य रहेको बताएका छन्।