भिटामिन ‘डी’ को कमी हुन नदिन जाडोमा कति समय घाममा बस्ने? - Chaitanya News
  • 2026-05-04
  • 09:01:37
  • सोमबार,बैशाख २१, २०८३
  • भिटामिन ‘डी’ को कमी हुन नदिन जाडोमा कति समय घाममा बस्ने?

    भिटामिन ‘डी’ को कमी हुन नदिन जाडोमा कति समय घाममा बस्ने?

    काठमाडौं– शरीरलाई राम्ररी काम गर्न र स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट सुरक्षित रहन भिटामिन डी आवश्यक हुन्छ। भिटामिन डीको कमीले पनि शरीरमा क्याल्सियमको कमी हुन्छ किनभने भिटामिन डीले क्याल्सियमलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्छ।

    भिटामिन डीको कमी भएमा हड्डी र मांसपेशीमा पनि दुखाई हुन थाल्छ। साथै, डिप्रेसन हुनु र मुड राम्रो नहुनु पनि भिटामिन डीको कमीका लक्षणहरूमा पर्छन्। यस्तो अवस्थामा शरीरमा भिटामिन डीको कमी हुन नदिन घामको किरण लिइन्छ। भिटामिन डी को मुख्य स्रोत घाम हो। तर, भिटामिन डी प्राप्त गर्न कति समय घाममा बस्नु पर्याप्त हुन्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ।

    भिटामिन डी को मुख्य स्रोत घाम हो। भिटामिन डी प्राप्त गर्न घाममा बस्ने सबैभन्दा उपयुक्त समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मानिन्छ। यस अवधिमा १५ मिनेट पनि घाममा बस्दा शरीरलाई भिटामिन डीको राम्रो मात्रा प्राप्त हुन्छ। १५ देखि ३० मिनेटसम्म घाम बस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ।

    भिटामिन डी खानाबाट पनि पाइन्छः

    (माछाबाट शरीरलाई राम्रो मात्रामा भिटामिन डी प्राप्त हुन्छ। ट्राउट, साल्मन, सार्डिन र टुना जस्ता माछाहरूमा भिटामिन डीको राम्रो मात्रा पाइन्छ।

    (च्याउ पनि भिटामिन डी को राम्रो स्रोत हो। च्याउले भिटामिन डी मात्र होइन शरीरलाई क्यालोरी, फ्याट, प्रोटिन र मिनरल्स पनि प्रदान गर्छ।

    (भिटामिन डी पाउनको लागि दूध र दहीलाई पनि आहारमा समावेश गर्न सकिन्छ। यसबाहेक भिटामिन डी फोर्टिफाइड मिल्क छुट्टै किन्न सक्नुहुन्छ।

    (सोया मिल्क पनि भिटामिन डी को राम्रो स्रोत हो। यसबाट शरीरलाई प्रोटिन र क्याल्सियम पनि प्राप्त हुन्छ।