मेष– चू,चे,चो,ला,लि,लू,ले,लो,अ
मनमा प्रसन्नता छाउने छ। विजय प्राप्त हुनेछ। व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ। दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला।
बृष– ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ। अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ। यात्रा गर्न खोज्नु भएको छ भने कष्टकर हुनेछ। यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला।
मिथुन– का,की,कू,घ,ङ,छ,के,को,हा
आजको दिन निकै शुभ रहेको छ। व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ। आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने सफलता मिल्नेछ। आज मिथुन राशिका जातकले नयाँ काम गर्न सक्नुहुनेछ। यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ। कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला। चन्द्रमाको साथ रहेको छ। सूर्योदयको दर्शन गर्र्नुहोला।
कर्कट– ही,हू,हे,हो,डा,डी,डु,डे,डो
आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। विगतमा विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन्। आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ। विवाद हुँदा हानी हुनेछ। आजको विवाद हुने काम नगर्नुहोला।
सिहं– मा,मी,मू,मे,मो,टा,टी,टू,टे
आजको दिन मौन रहनु हित हुनेछ। घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला। अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ। विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ। आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ।
कन्या– टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ। नयाँ काम शुरुवात गर्नुहोला। मानसम्मान मिल्न सक्छ। व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ। आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ। बाल र बृद्ध व्यक्तिलाई केही खानेकुरा दिनु उत्तम हुनेछ।
तुला– रा,री,रु,रे,रो,ता,ती,तू,ते
दिन त्यति अनुकुल देखिदैन। अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ।आजको दिन सकारात्मक सोच राख्नुहोला। यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुने छैन।
बृश्चिक– तो,ना,नी,नू,ने,नो,या,यी,यू
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ। आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन्। सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ। परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ। त्यसैले सोचविचार गरेर काम गर्नुहोला।
धनु– ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
तपाईंलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ। आज चन्द्रमाको साथ रहेकोले सोचेअनुसार काम हुनेछ। अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आजको सफलता मिल्नेछ। अप्ठाराका समाधानका बाटा खुल्दै जानेछ।
मकर– भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ। आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ। गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ।
कुम्भ– गू,गे,गो,सा,सी,सू,से,सो,दा
व्यापार व्यववसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला। आजको दिन बालकलाई भोजन गराउनु भएमा मनमा शान्ति मिल्नेछ। आर्थिक कारोबारमा समस्या हुनसक्छ। आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ।
मीन– दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ। अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ। सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ।