राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत - Chaitanya News
  • 2026-11-14
  • 22:55:29
  • शनिबार,कार्तिक २९, २०८३
  • राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

    राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

    काठमाडौँ– आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ।

    बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसद्लाई पूर्व जानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुनेछ।

    संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समय देखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडी बढाउने हो भन्ने विषय टुङ्गो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।