नयाँ दिल्ली– झार खण्ड मुक्ति मोर्चा (झामुमो)का उपाध्यक्ष चंपाई सोरेनले झारखन्डका मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। राज्यपाल सीपी राधाकृष्णनले शुक्रवार राजभवनमा उनलाई पद र गोपनीयताको शपथ दिलाएका थिए।
हेमन्त सोरेनको राजीनामा र प्रवर्तन निर्देशनालय (ईडी)ले उनलाई पक्राउ गरेपछि झामुमोका वरिष्ठ नेता चंपाई सोरेनको नाम सत्तारुढ गठबन्धनका नयाँ नेताहरूको रूपमा प्रस्ताव गरिएको थियो। चंपाई सोरेनपछि कांग्रेसका नेता आलमगीर आलमले झार खण्डको क्याबिनेटमा मन्त्रीको रूपमा शपथ लिएका थिए।
शपथ ग्रहण गर्नेमा राष्ट्रिय जनता दलका सत्यानन्द भोक्ता पनि सामेल थिए। जमिन घोटाला मामिलामा ईडीले सोधपुछ गरेपछि हेमन्तलाई पक्राउ गरेको थियो। ईडीको सोधपुछ लगत्तै हेमन्तले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए।एजेन्सी