गृहमन्त्री श्रेष्ठको आरोप: नेता, कर्मचारी र व्यापारीले राज्यलाई लुटेर पहुँचको आधारमा उम्कन दबाब दिने गर - Chaitanya News
  • 2026-11-14
  • 22:56:39
  • शनिबार,कार्तिक २९, २०८३
  • गृहमन्त्री श्रेष्ठको आरोप: नेता, कर्मचारी र व्यापारीले राज्यलाई लुटेर पहुँचको आधारमा उम्कन दबाब दिने गर

    गृहमन्त्री श्रेष्ठको आरोप: नेता, कर्मचारी र व्यापारीले राज्यलाई लुटेर पहुँचको आधारमा उम्कन दबाब दिने गर

    काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीले राज्यलाई लुट्ने र पहुँचको आधारमा उम्कन दबाब दिने गरेको आरोप लगाएका छन। आज (शुक्रबार)देखि पोखरामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले राज्यलाई लुट्ने छुट कसैलाई नभएको समेत बताए। उनले भने पहुँचको आधारमा कसैलाई छुट दिन सकिदैन।

    वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने उनको दाबी छ। ‘अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन्। कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन् कर्मचारीलाई त त्यसो गर्न भएननी भनेर। उद्योग व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ’, गृहमन्त्री श्रेष्ठले थपे, ‘उद्योग व्यवसायीलाई यसो गर्न भएननि हाम्ले कर तिरेका छौँ, अर्थतन्त्र धानेका छौँ भन्छन्। हामीले भनेकै छौँ त निजी क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान सकिन्न। तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न।