टिआरसीका विवाद छिटो टुंग्याउनेबारे प्रधानमन्त्रीसँग छलफल भयो’: अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-14
  • 22:55:34
  • शनिबार,कार्तिक २९, २०८३
  • टिआरसीका विवाद छिटो टुंग्याउनेबारे प्रधानमन्त्रीसँग छलफल भयो’: अध्यक्ष ओली

    टिआरसीका विवाद छिटो टुंग्याउनेबारे प्रधानमन्त्रीसँग छलफल भयो’: अध्यक्ष ओली

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। आज (शुक्रबार) बिहान सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल भएको छ।

    छलफलपछि बाहिरिएपछि .अध्यक्ष ओलील सञ्चारकर्मीहरुसँग कुरा गर्दै े प्रधानमन्त्री प्रचण्डसँग शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे छलफल भएको बताए। ओलीले भने, ‘राजनीतिको समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेबारे कुरा भयो। टिआरसी विधेयकलाई राम्रोसँग टुंग्याऔँ भन्ने कुरा भएको छ।’ उनले टिआरसीबारे एमालेको अडान कायम रहेको पनि बताए।

    अध्यक्ष ओलीले टिआरसी विधेयकलाई सहमति भन्दा पनि बहुमत पुर्याएर राम्रोसँग टुंग्याउनुपर्ने बताए। उनले भने, ‘किन सहमतिमा गर्ने, बहुमत पुर्याएर राम्रोसँग टिआरसी विधेयकलाई टुंग्याउनु राम्रो हो।’ संसद्को हिउँदे अधिवेशन माघ २२ गतेबाट सुरु हुँदैछ। यस अिधवेशनबाट विभिन्न कानुन पास गर्ने सरकारको तयारी छ।