४३ शाखा अधिकृतहरु उपसचिव बढुवाका लागि सिफारिस - Chaitanya News
  • 2026-09-16
  • 22:36:44
  • बुधबार,भाद्र ३१, २०८३
  • ४३ शाखा अधिकृतहरु उपसचिव बढुवाका लागि सिफारिस

    ४३ शाखा अधिकृतहरु उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौँ– सरकारका ४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन्।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)लाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो।

    ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकले ती अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।

    बढुवा सिफारिस गरिएकाहरूमा सामान्य प्रशासन समूहका ३४ र लेखा समूहका ९ जना गरी ४३ जना छन्।