आम निर्वाचन : शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा - Chaitanya News
  • 2026-04-26
  • 09:00:35
  • आइतबार,बैशाख १३, २०८३
  • आम निर्वाचन : शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा

    आम निर्वाचन :  शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।

    सोहि कारण सरकारले चुनावलाई लक्षित गर्दै आज (मंसिर २) देखि शैक्षिक संस्थामा बिदा दिइएको छ । आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

    गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

    सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।