एजेन्सी– स्याउ एउटा त्यस्तो फल हो जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। दैनिक एउटा स्याउ खाँदा रोग टाढा भाग्छन्।
तर, यसलाई पनि सही समयमा खाँदा धेरै फाइदा पाउन सकिन्छ। रातको समयमा स्याउ खानु हानिकारक पनि हुन सक्छ।
स्याउमा मिनरल, आइरन, भिटामिन र फाइबर जस्ता गुण पाइन्छन्। यो एकदमै धेरै पौष्टिक हुन्छ। साथमा यसको बोक्रामा पनि धेरै गुण पाइन्छ। यसले शरीरलाई ऊर्जा पनि दिन्छ।
स्याउमा आइरनको मात्रा धेरै हुन्छ जसले गर्दा दाँत र हड्डीका लागि एकदमै फाइदाजनक हुन्छ।
स्याउलाई खाने सही समय भनेको दिउँसो हो। यो समयमा स्याउ खाँदा सबैभन्दा धेरै फाइदा पाउन सकिन्छ। यसबाहेक तपाईं बिहान खाली पेटमा पनि खान सक्नुहुन्छ।
कब्ज्यितको समस्या छ भने बिहान तातो दुधसँग एउटा स्याउको सेवन गर्नुहोस्। यसो गर्नाले तपाईंलाई धेरै फाइदा हुन्छ र पेट पनि सफा हुन्छ।
रातको समयमा स्याउ नखानु उपयुक्त हुन्छ। किनकी यसमा हुने क्याफिनको मात्राले निद्रा कम गर्छ। यही कारणले रातको समयमा स्याउ खानु हुँदैन।
रातको समयमा स्याउ खाँदा एसिडिटीको समस्या पनि हुन सक्छ। यसमा फाइबरको मात्रा धेरै हुन्छ जसले पेटमा अपचको समस्या पनि ल्याउन सक्छ।
केही फलहरु यस्ता हुन्छन् जसलाई सूर्य अस्ताउन भन्दा पहिले नै खाने सल्लाह दिइन्छ। जस्तै सुन्तला, स्याउ तथा मौसम जस्ता फल सूर्य अस्ताएपछि नखाने भनिन्छ।