तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-11-18
  • 15:39:57
  • बुधबार,मंसिर ०३, २०८३
  • मेष– चू,चे,चो,ला,लि,लू,ले,लो,अ
    ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ। तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ। सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ।

    बृष– ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
    आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला। पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला। बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ।

    मिथुन– का,की,कू,घ,ङ,छ,के,को,हा
    पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ। कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ। प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ।

    कर्कट– ही,हू,हे,हो,डा,डी,डु,डे,डो
    नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ। व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ। समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ।

    सिहं– मा,मी,मू,मे,मो,टा,टी,टू,टे
    धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ। धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ।

    कन्या– टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
    प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन्। पढाई लेखाई अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ। भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ।

    तुला– रा,री,रु,रे,रो,ता,ती,तू,ते
    शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउन सहज हुनेछ। साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउन सकिनेछ।

    बृश्चिक– तो,ना,नी,नू,ने,नो,या,यी,यू
    राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन्। व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ।

    धनु– ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
    कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ। आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ। मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ।

    मकर– भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
    अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुँदा आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ। घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ।

    कुम्भ– गू,गे,गो,सा,सी,सू,से,सो,दा
    माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ। व्यापारमा प्रशस्त आम्दानि हुँने हुनालेदैनिकि सहज मार्गमा अगाडि बढ्नेछ। खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ।

    मीन– दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
    समाजमा बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै थेरै कामहरु गर्न सकिनेछ। व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ। कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ।