चितवन– नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन्।
आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तै बताएका हुन्। यस्तै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको समेत बताए। उनले भने, “लामो समयदेखिको उपलब्धिलाई खेलबाड गर्नुहुँदैन।उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए।
उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए। रासस