लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट १ सय ५० जना विद्यार्थी दीक्षित - Chaitanya News
  • 2026-07-16
  • 18:22:46
  • बिहिबार,आषाढ ३२, २०८३
  • लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट १ सय ५० जना विद्यार्थी दीक्षित

    लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट १ सय ५० जना विद्यार्थी दीक्षित

    काठमाडौँ– लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन्। मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्।

    हिजो ( मङ्गलवार ) काठमाडौँमा आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पङ्कज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरे। प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष जालानले नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको बताए।

    त्यस्तै नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए। सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन्।