काठमाडौं– निर्वाचन आयोगले सुरक्षा संवेदनशीलता हेरेर केही मतदान स्थलको हेलिकप्टरबाट पनि अनुगमन गर्ने जनाएको छ। बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको समेत बताएका छन्।
यसअघिका चुनावमा बुथ क्याप्चर गरेका मतदानस्थल र संवेदनशील मतदान स्थलको विश्लेषण गर्दा विशेष सूचीमा राखेको र हेलिकप्टरबाट समेत अनुगमन गर्ने उनले बताए। यस्तै नेपालको सीमा क्षेत्र क्षेत्र ७२ घण्टादेखि बन्द गर्ने र यसका लागि सम्बन्धित पक्षसँग छलफल गरेर कार्यान्वयन हुन लागेको बताए। वारेश राखेर मतदान गर्ने दिन गए, त्यस्तो प्रक्रिया हुन दिँदैनौं।
मतदान शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरेको उल्लेख गरेको बताए। निर्वाचन अगाडि मतदातालाई प्रभाव पार्नेगरी कुनै काम नगर्न आग्रह।