गठबन्धनको हातमा सरकार गएपछि देशका हरेक सूचकहरू ओरालो लाग्दै गए : प्रदीप ज्ञवाली - Chaitanya News
  • 2026-11-14
  • 23:21:19
  • शनिबार,कार्तिक २९, २०८३
  • गठबन्धनको हातमा सरकार गएपछि देशका हरेक सूचकहरू ओरालो लाग्दै गए : प्रदीप ज्ञवाली

    गठबन्धनको हातमा सरकार गएपछि देशका हरेक सूचकहरू ओरालो लाग्दै गए : प्रदीप ज्ञवाली

    काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गठबन्धनको हातमा सरकार गएपछि साढे २ वर्षयता देशका हरेक सूचकहरू ओरालो लाग्दै गएको बताएका छन्।

    आज (मंगलबार) एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको तीन दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले वर्तमान सरकारले सत्ता टिकाउनकै लागि परराष्ट्र नीतिलाई ध्यान नदिई शक्तिकेन्द्र देशसँग अनावश्यक हिमचिम बढाएको समेत आरोप लगाए।

    ‘एक जना बिरामी निमोनियामा भयो भनेर अस्पतालमा गएछ, औषधि खाँदै जाँदा मृगौला, मुटु हुँदै शरीरका सबै अंगमा काम गर्न छोडेछ अनि बिरामीको मृत्यु भएछ, ‘उनले भने, ‘बिरामीको मृत्यु भएजस्तै हाम्रो देशका सबै अंगहरू फेल हुने क्रममा अगाडि बढेका छन्। हाम्रो देशको राष्ट्रियतामा असर सरकारबाटै भएको छ।’ उनले राष्ट्रिय हितमा काला बादल मडारिन थालेको समेत बताए।

    उपमहासचिव ज्ञवालीले मुलुकलाई निकास दिने पार्टी एमाले मात्रै भएको दाबी गरे। ‘एमाले आन्दोलनको मूल धार हो,’उनले भने, साझा चौतारीमा आश्रय लिन र भविष्य संरक्षित गर्न विभित्र धारहरू काँग्रेस, माओवादी, राप्रपा, मसालबाट आएका छन्।