जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने? - Chaitanya News
  • 2026-05-04
  • 09:02:26
  • सोमबार,बैशाख २१, २०८३
  • जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने?

    जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने?

    काठमाडौ– दैनिक रुपमा जाडो बढ्दो क्रममा रहेको छ। जाडो मौसममा स्वास्थ्यको विशेष तरिकाले ध्यान दिनु आवश्यक हुन्छ।

    जाडो मौसममा विशेष गरी बालबालिका र वृद्धवृद्धालाई विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने गर्दछ। छाला सुख्खा हुने, ओठ फुट्ने, कुर्कुच्चालगायत शरीरका अन्य भागका छाला फुट्ने समस्या भने सबैलाई हुनसक्छ।

    त्यस्तै, श्वासप्रश्वास, खाकी, निमोनिया लगायतका समस्याहरु जाडो महिनामै नै देखिन्छ। यसर्थ चिसोबाट बच्न न्यानो कपडा लगाउनुका साथै तातो तथा झोल पदार्थहरू सेवन गर्नु लाभदायक मानिन्छ।

    जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै राम्ररो हुन्छ। हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनुपर्छ। बच्चाहरूलाई धेरै बाक्ला कपडा लगाइिदएर गुम्स्याउँदा पनि पसिना निस्केर त्यसैको चिसोले निमोनिया हुने डर हुन्छ।

    – जाडोमा हामीले हाम्रो हात बारम्बार मुख तथा नाकतर्फ लगिरहने हुँदा हात सफा राख्ने।

    – भिडभाड हुने ठाउँमा नजाने र बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने।

    – रुघाखोकी वा फ्लु संक्रमितको वरिपरि नजाने।

    – स्वास्थ्यमा समस्या देखिए चिकित्सको सल्लाह लिने।

    – हरिया सागसब्जीसहितको मौसमी भेजिटेबलको सुप खाने।

    – जाडोमा तातो, कडा खान मनलाग्छ, तर चिल्लो, नुनिलो गुलियो नखाने।

    – प्रशस्त पानी, सुप, हर्बल चिया, अदुवा चिया पिउने।

    – चिसोबाट बच्न पनि व्यायामको माध्यमबाट शरीरलाई तताउने।

    – घर बाहिर जाँदा शरीरलाई तात्ने गरी टाउकोसम्मै न्यानो लुगा लगाउने।

    – छाला सुक्खा हुने र क्य्राक हुने हुनाले छालालाई मोइस्चर्ज राख्ने क्रिमहरु लगाउने।

    सकिन्छ भने बिहानको तातो घाममा बस्ने।