सञ्चार मन्त्रालय अन्तर्गतका विभाग र केन्द्रमा स्थायी दरबन्दी थप - Chaitanya News
  • 2026-11-14
  • 23:22:04
  • शनिबार,कार्तिक २९, २०८३
  • सञ्चार मन्त्रालय अन्तर्गतका विभाग र केन्द्रमा स्थायी दरबन्दी थप

    सञ्चार मन्त्रालय अन्तर्गतका विभाग र केन्द्रमा स्थायी दरबन्दी थप

    काठमाडौँ– सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न निकायहरूमा कर्मचारीको दरबन्दी थप गरेको छ। मन्त्रिपरिषद्को बैठकले सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको प्रस्तावित सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको हो।माघ ९ को बैठकले सूचना प्रविधि विभाग थप नयाँ चार स्थायी दरबन्दी स्वीकृत गरेको छ।

    यसै गरी एकीकृत डाटा व्यवस्थापन केन्द्रमा अस्थायी र करार दरबन्दी रहेकोमा कुल ५९ स्थायी दरबन्दी स्वीकृत गरेको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरी सहसचिव (प्राविधिक) महानिर्देशक रहने गरी स्वीकृत प्रदान गरिएको छ। केन्द्रको नेतृत्व मन्त्रालयका प्राविधिक सहसचिवले गर्ने छन् भने सूचना प्रविधि विभागकै शाखा अधिकृत, रा.प.तृतीय (प्रा)लाई केन्द्रको शाखा अधिकृतको समेत कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ। बाँकी स्वीकृत अन्य पदका हकमा लोक सेवा आयोगले विज्ञापन खोल्ने छ। केन्द्र सोझै मन्त्रालय अन्तर्गत रहने छ। केन्द्रमा कूल १३ दरबन्दी कायम गरिएको छ।

    सूचना प्रविधि विभागमा चार दरबन्दी थप गरी साबिकको दरबन्दी सङ्ख्या ३५ मा बढाएर कूल ३९ दरबन्दी कायम गरिएको छ। विभागमा महानिर्देशक (रा.प.प्र.) प्रा. (विविध) १, उपमहा निर्देशक (रा.प.प्र..प्रा. (विविध) १ रहने छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा ५९ दरबन्दी कायम गरिएको छ। केन्द्रमा एक जना महानिर्देशक र तीन जना निर्देशक रहने छन्।

    साइवर स्पेसको सुरक्षा र साइवर सुरक्षाका घटनाहरूको अनुगमन, पूर्वतयारी, रोकथाम, पहिचान र प्रतिकार्य सम्बन्धी कार्य प्रभावकारी रूपमा सम्पादन गर्नको लागि विभाग र केन्द्रहरूलाई चुस्त र विद्युतीय शासनमैत्री सेवा प्रवाह गर्न सक्ने गरी सङ्गठन संरचना निर्माण गर्न दरबन्दी पुनरावलोकन गरिएको मन्त्रालयले जनाएको हो। अस्थायी दरबन्दीबाट सञ्चालन हुँदै आएको केन्द्रलाई आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यको अनुसूची १६ बमोजिम खारेज गरी यस सम्बन्धी कार्य गर्न स्थायी सङ्गठन संरचना र दरबन्दी तयार गरिएको हो ।

    यस्तो छ दरबन्दी संरचना
    सूचना प्रविधि विभाग
    महानिर्देशक (रा.प.प्र.). प्रा. .विविध).१
    उप महानिर्देशक (रा.प.प्र), प्रा. (विविध).१
    प्रणाली परीक्षण शाखा
    निर्देशक, रा.प.द्वितीय (विविध).१
    कम्प्यूटर ईन्जिनियर, रा.प. तृतीय (विविध).४
    कम्प्युटर अधिकृत (सेक्युरिटी) रा.प. तृतीय (विविध).१
    कम्प्युटर टेक्निसियन रा.प.अनं. प्रथम (विविध).१

    प्रणाली विकास तथा सञ्चालन शाखा
    निर्देशक, रा.प. द्वितीय (विविध).१
    कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध).२
    कम्प्युटर अधिकृत (प्रोगामर) रा.प. तृतीय (विविध) .२
    कम्प्युटर अधिकृत (डाटाबेस)– रा.प. तृतीय (विविध).२
    कम्प्युटर अधिकृत (सिस्टम आर्किटेक)– रा.प.तृतीय (विविध).१
    कम्प्युटर अधिकृत (गुणस्तर) रा.प. तृतीय (विविध)१
    कम्प्युटर टेक्निसियन, रा.प.अनं. प्रथम (विविध)्र.१

    प्रशासन तथा जनशक्ति विकास शाखा
    उपसचिव, रा.प. द्वितीय (प्र)– १
    शाखा अधिकृत रा.प(तृतीय (प्र)– १
    लेखा अधिकृत, रा.प.तृतीय– १
    कानुन अधिकृत रा.प.तृतीय– १
    कम्प्युटर टेक्निसियन रा.प.अनं. प्रथम (विविध)– १
    हलुका सवारी चालक–३
    कार्यालय सहयोगी–६

    पुर्वधार विकास, अनुमति, नियमन तथा मापदण्ड निर्धारण शाखा
    निर्देशक, रा.प.द्वितीय (विविध) – १
    कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध) –४
    कम्प्युटर अधिकृत, रा.प.तृतीय (विविध)– १

    राष्ट्रिय सूचना प्रविधि केन्द्र
    कार्यालय प्रमुख (रा.प.प्र), प्रा. (विविध)– १

    सूचना प्रविधि शाखा
    निर्देशक, रा।प।द्वितीय (विविध)–१
    कम्प्युटर अधिकृत (डाटा सेन्टर), रा.प. तृतीय (विविध)–४
    कम्प्युटर अधिकृत (सिस्टम एडमिनिस्ट्रेटर) रा.प. तृतीय (विविध)–३
    कम्प्युटर अधिकृत (नेटवर्क एडमिनिस्ट्रेटर), रा.प. तृतीय (विविध)–३
    कम्प्युटर अधिकृत (सेक्युरिटी), रा.प.तृतीय (विविध)–३

    डिजास्टर रिकभरी कार्यालय, हेटौडा–
    निर्देशक, रा.प. द्वितीय (विविध)–१

    विद्युतीय प्रणाली सञ्चालन शाखा
    निर्देशक, रा.प.द्वितीय (विविध)–१
    कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध)–३
    ईलेक्ट्रिकल ईन्जिनियर, रा.प. तृतीय–२
    ईलेक्ट्रिकल टेक्निसियन रा.प.अनं. प्रथम–२

    आन्तरिक व्यवस्थापन तथा योजना एकाइ,
    शाखा अधिकृत, रा.प. तृतीय (प्र.) –१
    लेखा अधिकृत, रा.प. तृतीय–१
    कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध) –३
    नायव सुब्बा, रा.प.अनं. प्रथम (प्र) –१
    हलुका सवारी चालक(–३
    कार्यालय सहयोगी–४

    सूचना प्रविधि एकाइ
    कम्प्युटर अधिकृत (डाटा सेन्टर), रा.प. तृतीय९(विविध)–३
    कम्प्युटर अधिकृत (सिस्टम एडमिनिस्ट्रेटर), रा.पंं. तृतीय (विविध)–१
    कम्प्युटर अधिकृत (नेटवर्क एडमिनिष्ट्रेटर), रा.प.तृतीय (विविध)–३
    कम्प्युटर टेक्निसियन (डाटा सेन्टर) रा.प.अनं. प्रथम (विविध)–२

    प्रशासन एकाइ
    नायब सुब्बा, रा.प. अनं. प्रथम (प्र.)–१
    लेखापाल रा.प.अनं. प्रथम–१
    हलुका सवारी चालक–२
    कार्यालय सहयोगी–२

    विद्युतीय प्रणाली सञ्चालन एकाइ
    ईलेक्ट्रिकल ईन्जिनियर, रा.प. तृतीय–१
    ईलेक्ट्रिकल टेक्निसियन, रा.प.अनं. प्रथम–३

    राष्ट्रिय साइवर सुरक्षा केन्द्र
    महानिर्देशक (रा.प.प्रथम(प्रा), विविध०–१
    निर्देशक, रा.प.द्वितीय (विविध)–१
    कम्प्युटर अधिकृत (सेक्युरिटी अपरेशन विश्लेषक), रा.प.तृतीय (विविध)–२
    कम्प्युटर ईन्जिनियर, रा.प. तृतीय (विविध)–४
    कम्प्युटर अधिकृत (नेटवर्क एडमिनिष्ट्रेटर), रा.प.तृतीय (विविध)–१
    कम्प्युटर अधिकृत (सेक्युरिटी), रा.प.तृतीय (विविध)–२
    लेखा अधिकृत, रा.प.तृतीय–१
    कार्यालय सहयोगी, श्रेणीविहीन–१
    हलुका सवारी चालक, श्रेणीविहीन–१