जाडोमा धेरै बदाम खादा गर्न सक्छ नोक्सान - Chaitanya News
  • 2026-05-04
  • 09:02:25
  • सोमबार,बैशाख २१, २०८३
  • जाडोमा धेरै बदाम खादा गर्न सक्छ नोक्सान

    जाडोमा धेरै बदाम खादा गर्न सक्छ नोक्सान

    एजेन्सी– जाडोमा धेरै व्यक्तिहरु सिरक ओढेर बस्ने र समय बिताउनका लागि बदाम खान मन पराउँछन्। यो स्वादिष्ट स्न्याक्स स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। बदाममा थुप्रै पोषक तत्वहरु हुन्छन्।

    तपाईंले थाहा पाएर अचम्म पर्नु होला तर आवश्यकता भन्दा धेरै बदामको सेवन गर्नु पनि खतरनाक सावित हुन सक्छ। कैयौं त्यस्तो स्थिति पनि हुन्छ जहाँ बदाम खानबाट बच्नुपर्छ।

    बदाम आवश्यकता भन्दा धेरै खाँदा तौल बढ्न सक्छ। आवश्यकता भन्दा धेरै क्यालोरी लिँदा शरीरमा तौल बढ्न सक्छ।

    कतिपयलाई बदाम खाँदा एलर्जीको समस्या पनि हुन सक्छ। यस्तोमा सिँगान आउने, छालाको समस्या जस्तै चिलाउने, छाला रातो हुने आदि समस्या हुन सक्छ।

    यदी तपाईंको पाचन तन्त्र खराब रहन्छ भने धेरै बदाम खानबाट बच्नुहोस्। यसको धेरै सेवन गर्दा पेट दुख्ने, अपच, तथा ग्यासको समस्या हुन्छ।

    बदाम त्यसो त कोलेस्ट्रोलका विरामीलाई पनि फाइदाजनक हुन्छ। तर यसको अत्यधिक सेवनले खराब कोलेस्ट्रोल बढ्न पनि सक्छ। बदाममा क्यालोरीको मात्रा धेरै हुन्छ जसले खराब कोलेस्ट्रोललाई बढाउँछ।

    बदाममा प्रोटिन, फ्याट, फाइबर, म्याग्नेशियम, फोलेट, कपर आदि जस्ता पोषक तत्वहरु पाइन्छन्। यस्तोमा तपाईं नियमित खानपानमा यसलाई समावेश गराउन सक्नुहुन्छ। तर यो एक मुट्ठी भन्दा धेरै खानु हुँदैन।