मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। सहयोगी हातहरू अघि बढ्ने छन्। पारिवारिक साथ र सद्भाव बढ्ने छ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा
ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्। इच्छा र आकांक्षा पूर्ण हुनेछन्।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभकार्यको चर्चा चल्ने छ। धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अकस्मात् सफलता हात पर्न सक्छ।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामाजिक कार्यबाट सफलताको योग छ। जोशजाँगर र हिम्मत बढ्ने छ। नयाँ कार्यको योजना बन्ने छ र छोटो यात्रा पनि हुनेछ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। आकस्मिक धन लाभ हुनसक्छ।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला। झुटा आरोप पनि खेप्नुपर्ला।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जीवन साथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ। पढाई पनि राम्रो हुनेछ।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज दबाब र तनाव बढेको महसुस हुनेछ। विचार गरेर निर्णय लिनु उचित होला। आर्थिक पक्ष भने राम्रो हुने देखिन्छ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ। व्यावसायिक योजना र त्यसबाट दीर्घकालीन फाइदा लिन सकिने छ। आत्मिक सन्तुष्टि मिल्ने छ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला। प्रेममा मनमुटाव पनि आउला।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन्। कुनै समाचारले मनमा खुसी छाउने छ। पारिवारिक सहयोग मिल्ने छ।