शहीद दिवसमा सार्वजनिक बिदा नदिएर राष्ट्रिय पर्वका रूपमा मनाइने - Chaitanya News
  • 2026-11-18
  • 15:54:03
  • बुधबार,मंसिर ०३, २०८३
  • शहीद दिवसमा सार्वजनिक बिदा नदिएर राष्ट्रिय पर्वका रूपमा मनाइने

    शहीद दिवसमा सार्वजनिक बिदा नदिएर राष्ट्रिय पर्वका रूपमा मनाइने

    काठमाडौँ– शहीद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ। माघ १६ गते मङ्गलवार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

    ‘मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने गरेको थियो। यो वर्ष गरेको निर्णय अर्को वर्ष लागू हुन्छ’, उनले भने, ‘यो वर्षको बिदा गत वर्ष नै निर्धारण भएको हुनाले बिदा नदिएरै अन्य कार्यक्रम गरेर शहीदहरूप्रति सम्मान व्यक्त गरिने छ।

    शहीद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ। तर, सरकारी कार्यालयहरू खुल्ने छन्। शहीद दिवसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि मङ्गलवार सार्वजनिक बिदा हो होइन भन्ने बारे धेरैको चासो रहेको थियो। शहीद दिवसमा लिइने सार्वजनिक बिदा २०८१ देखि लागू हुने छ।

    यसै गरी राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ १६ गते र निजामती सेवा दिवस भदौ २२ गते रहेका छन्।