कर्णाली सरकारको एक वर्षको प्रगति शून्य रहेको एमालेको निष्कर्ष - Chaitanya News
  • 2026-11-14
  • 23:22:29
  • शनिबार,कार्तिक २९, २०८३
  • कर्णाली सरकारको एक वर्षको प्रगति शून्य रहेको एमालेको निष्कर्ष

    कर्णाली सरकारको एक वर्षको प्रगति शून्य रहेको एमालेको निष्कर्ष

    काठमाडौँ– नेकपा एमालेले कर्णाली प्रदेश सरकारको एक वर्षको कार्यप्रगति शून्य रहेको निष्कर्ष निकालेको छ ।

    १२ माघमा बसेको कर्णाली प्रदेशसभा संसदीय दलले सरकारको कार्यप्रगति शून्य र निराशाजनक रहेको निष्कर्ष निकालेको हो।

    विकासप्रति जनताको आकांक्षा, कर्णालीको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नमिलेको एमालेको टिप्पणी छ।

    सरकारको गलत कामका कारण जनप्रतिनिधि र व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको एमालेको भनाई छ।

    राजकुमार शर्मा नेतृत्वको कर्णाली सरकारले गत २७ पुसमा एक वर्ष पूरा गरेको थियो । एमालेले योजना निर्माणमा प्रदेश सरकार अपारदर्शी रहेको र भ्रष्टाचार तथा कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा नै उद्धत भएको आरोप लगाएको छ।

    प्रदेशसभामा सरकारलाई नीतिगत सुधार, कर्णालीको समृद्धि, सुशासन र पारदर्शिताका विषयमा पटक(पटक घच्घच्याए पनि नसुनेको एमालेको भनाइ छ।