शंकर पोख्रेलले भने|: नेपाल र चीन दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहन्छौ - Chaitanya News
  • 2026-11-14
  • 23:22:49
  • शनिबार,कार्तिक २९, २०८३
  • शंकर पोख्रेलले भने|: नेपाल र चीन दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहन्छौ

    शंकर पोख्रेलले भने|: नेपाल र चीन दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहन्छौ

    काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको प्रष्ट पारेका छन्।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोख्रेलले यस्तो बताएका हुन्।

    आगामी दिनमा पनि एक चीन नीतिकै पक्षमा रहने बताउँदै पोखरेलले नेपालका बारेमा अरूले छर्ने भ्रमबारे चीनले चिन्ता गर्नु नपर्ने बताए। नेपाल आफैँ सम्बन्ध सञ्चालनमा सक्षम रहेको भन्दै उनले आफूहरू दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहेको उल्लेख गरेका छन्।