यी हुँन नुनको बारेमा थाहा पाउनु नै पर्ने कुरा - Chaitanya News
  • 2026-05-04
  • 09:04:14
  • सोमबार,बैशाख २१, २०८३
  • यी हुँन नुनको बारेमा थाहा पाउनु नै पर्ने कुरा

    यी हुँन नुनको बारेमा थाहा पाउनु नै पर्ने कुरा

    काठमाडौं– नुन हाम्रो खानामा सबैभन्दा महत्वपुर्ण कुरा हो। खानामा नुन कम अथवा बढी भयो भने खानाको स्वाद बिग्रन्छ। खाना खान लायक हुँदैन।

    नुन केवल स्वादका लागि मात्र खानामा प्रयोग हुँदैन। नुन स्वास्थ्यको हिसाबले पनि अत्यधिक महत्वपूर्ण हुन्छ। नुनको कमी अथवा अत्यधिक हुँदा हाम्रो स्वास्थ्यलाई प्रभावित गर्छ।

    खाना माथिबाट नुन छर्कनु

    विशेषज्ञका अनुसार पकाएको खाना माथिबाट नुन हालेर सेवन गर्नाले विभिन्न रोगको खतरा बढ्छ। नुन हालेर पकाएको खानाले सजिलै नुनमा भएको आइरन सोस्छ। तर काँचो नुनको सेवनले शरीरलाई विभिन्न समस्या हुन्छ। तीमध्ये एक समस्या ब्लड प्रेसर पनि हो।

    नुनको सेवन कम

    अत्यधिक नुन सेवन जसरी स्वास्थ्यका लागि हानिकारक हुन्छ, त्यसरी नै नुनको कम सेवनले पनि स्वास्थ्यमा हानि पुर्याउँछ। विभिन्न सर्वेक्षणले यो कुरालाई प्रमाणित गरेको छ।

    काँचो नुन स्वास्थ्यका लागि हानिकारक

    आवश्यकभन्दा बढी मात्रामा नुनको सेवन गर्नाले ब्लड प्रेसर, मोटोपना, अस्थमाजस्ता रोगको खतरा बढ्छ। त्यस्तै काँचो नुन सेवनले मुटु र किड्नीे रोगको खतरामा तिव्रता आउँछ।

    कति मात्रामा नुन सेवन गर्ने?

    स्वास्थ्य विशेषज्ञका अनुसार व्यक्तिले दिनमा केवल दुई सानो चम्चा नुन सेवन गर्नु पर्छ। त्यस्तै जुन मानिसलाई ब्लड प्रेसरको समस्या हुन्छ, त्यस्ता मानिसले दिनभरीमा केवल आधा चम्चा मात्र नुन सेवन गर्नु आवश्यक छ।