काठमाडौँ– राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि काँग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा.शेखर कोइराला निवासमा पुगेका छन्। सिटौला विराटनगरस्थित कोइराला निवास पुगेका हुन्।
प्रतिनिधि सभामा दुई पटक पराजित सिटौला कोशीबाट राष्ट्रिय सभामा उम्मेदवार बनेसँगै चर्चामा आएका थिए। गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन्।
सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रूपमा पनि हेरिएको छ। इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रूपमा बताउँदै आएका छन्।
तर, कोशीमै महिलातर्फ एमालेकी रुक्मिणी कोइरालाले जितेपछि गठबन्धनभित्र असन्तुष्टि बढेको छ।