1.मनास्लु हिमशिखर कुन हिमशृखंला अन्र्तगत पर्दछ?
A.कुम्भकर्ण B. गणेश C. अन्नपुर्ण D. अपि सैपाल
2.स्केन्डिनेभियन क्षेत्रमा पर्ने मुलुक तलका मध्ये कुन कुन हुन ?
A.स्विडेन, फिनल्याण्ड, डेनमार्क, रुस र आईसल्याण्ड
B.जर्मनी, फिनल्याण्ड, डेनमार्क, नर्वे र आईसल्याण्ड
C.स्विडेन, फिनल्याण्ड, डेनमार्क, नर्वे र आईसल्याण्ड
D.स्विडेन, फिनल्याण्ड, डेनमार्क, नर्वे र चेकोस्लाभाकिया
3.तल दिइएका जोडाहरु मध्ये कुन गलत छ?
A.उत्तर अमेरिका – किलिमाञ्जरो – रातो (ओलम्पिक रङ)
B.युरोप महादेश – भट्नाजोकल – प्रायद्धिपको पनि प्रायद्धिप
C.अफ्रिका महादेश – नाईल नदी – भिक्टोरिया ताल
D.अष्ट्रेलिया – पंक्षीहरुको महादेश – हरियो (ओलम्पिक रङ)
4.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१.विश्वमा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज नर्थईष्ट ग्रिनल्याण्डु National पार्क, डेनमार्क हो
२.विश्वकै सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज National पार्क हो ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
5. दक्षिण अमेरिका महादेश कति देशान्तर बिच रहेको छ ?
A. ३३ डिग्री पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिम देशान्तर
B. ३४ डिग्री पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिम देशान्तर
C. ३७ डिग्री पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिम देशान्तर
D. ३५ डिग्री पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिम देशान्तर
6. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.नेपाल क्षेत्रफलको आधारमा विश्वको ९० औ ठुलो राष्ट्र हो ।
२.नेपाल क्षेत्रफलको आधारमा सार्कको ८ औ ठुलो राष्ट्र हो ।
A. १ मात्र गलत B. २ मात्र सहि C. दुवै गलत D. दुवै सहि
7.एशियाको मेकङ नदी कति राष्ट्र भएर बग्दछ?
A.३ B.७ C.६ D.७
8. विश्वको सबैभन्दा पुरानो ज्वालामुखी कुन देशमा पर्दछ ?
A.इण्डोनेसिया B.इटाली C.अमेरिका D.जापान
9.नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो?
A.२०३७ सालमा B.२०३८ सालमा C.२०३९ सालमा D.२०३० सालमा
10.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१.माछापुच्छे हिमालको उचाई ६९९६ मिटर रहको छ।
२.फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम सुलिगाँड झरना हो।
३.प्रसिद्ध नारद कुण्ड मुस्ताङ्ग मा पर्छ । भने दामोदर कुण्ड गोरखा जिल्लामा पर्छ।
A.१ मात्र गलत B.२ मात्र गलत C.३ मात्र गलत D.सबै गलत
11. नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ?
A.न्यानो समशितोष्ण B. ठण्डा सकशीतोष्ण
C.लेकाली हावापानी D.उष्ण मनसुनी हावापानी
12.डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’ भनि नामाकरण कहिले गरेका हुन्?
A.सन् १९९६ B.सन् १९९५ C.सन् १९९४ D.सन् १९९७
13.नेपालको निम्न मध्ये कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ?
A.बागलुङ, चिसापनी र सिद्धपोखरीB.बागलुङ, चिसापनी र तेह्रथुम
C.बागलुङ, जाखिरा ताल र फूलचौकी D. बागलुङ, चिसापनी र फूलचौकी
14.अमेरिकी स्वतन्त्रताको घोषणा पत्रलाई मान्यता दिने पहिलो राष्ट्र निम्न मध्ये कुन हो?
A.फ्रान्स B.बेलायत C.स्पेन D.हल्याण्ड
15.तलका भनाई विचार गर्नुहोस्।
१.रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ती हुने थिएन भन्ने व्यक्ती नेपोलियने हुन।
२.लिओनार्दा भिन्ची पुनर्जागरण कालसङ्ग सम्बन्धित छ।
३.युरोपमा कला साहित्यको विकास पुनर्जागरण काल मा भएको हो।
४.भारतमा चर्खा आन्दोलन सन् ज्ञढद्दण् भएको थियो।
माथिका दिइएका भनाई कुन कुन सहि छन।
A.१,२ मात्र B.३,४ मात्र C.१,४ मात्र D.सबै सहि
16.लाखे जात्रा, कृष्ण जात्रा, हिले जात्रा, श्रृङ्गाभेरी जात्राको चलन चलाउने राजा को हुन?
A.शिवदेव B.गुणकामदेव C.रुद्र मल्ल D.जयप्रकाश मल्ल
17.जोडा मिलाउनुहोस्।
प्रधानमन्त्री कार्यकाल
a. देवशमशेर 1. वि.सं. १९८६ – १९८९
b. वीरशमशेर 2. वि.सं. १९५७ – १९५८
c. चन्द्रशमशेर 3. वि.सं. १९४२ – १९५७
d. भीमशमशेर 4. वि.सं. १९५८ – १९८६
A. a2,b1,c4,d3 B.a1,b2,c3,d4 C.a2,b3,c4,d1 D.a4,b3,c1,d2
18. सपथ खादा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन कुन जातीमा छ?
A.राई B.तामाङ C.गुरुङ D.लिम्बु
19.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
साहित्यकार प्रथम कृति
a. लक्ष्मीप्रसाद देवकोटा 1.मच्छिन्द्रनाथको कथा
b. चक्रपाणि चालिसे 2.गुनकेशरी
c. भवानी भिक्षु 3.पुर्णिमाको जलधि
d. पारशमणि प्रधान 4.बेलायत यात्रा
5. गरिब कथा
A. a2,b3,c1,d4 B. a3,b1,c2,d4 C. a5,b4,c2,d1 D. a2,b3,c4,d1
20.राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ?
A.धारा ७५ B.धारा ७६ C.धारा ७७ D.धारा ७८
1.B 11. A
2.C 12. B
3.D 13. D
4. C 14. A
5. D 15. D
6. C 16. B
7. C 17. C
8. B 18. D
9. A 19. B
10.C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 153