काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो - Chaitanya News
  • 2026-05-04
  • 09:02:25
  • सोमबार,बैशाख २१, २०८३
  • काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

    काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

    काठमाडौँ– काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ। जुन यो वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम मापन हो।

    आज (शुक्रबार) बिहान पौने ६ बजे भने काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ। यसअघि माघ ८ गते साँझ काठमाडौँको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो।

    अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिउँदे वर्षा नभए पनि माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको छ। त्यसैले उपत्यका लगायत देशैभर जाडो झन् बढ्दो क्रममै छ।

    महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दै आएको छ।