काठमाडौँ– कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन्।
उनले एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरे। २ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन्।
उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए। राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो।
उनलाई प्रदेश सभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हाले। उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन्।