राष्ट्रिय सभा निर्वाचन: माओवादीकी चन्दसहित सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी - Chaitanya News
  • 2026-11-14
  • 23:51:32
  • शनिबार,कार्तिक २९, २०८३
  • राष्ट्रिय सभा निर्वाचन: माओवादीकी चन्दसहित सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

    राष्ट्रिय सभा निर्वाचन: माओवादीकी चन्दसहित सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

    काठमाडौँ– राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन्। महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्।

    उनले ४ हजार ४५३ मत पाइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ काँग्रेसकै बलदेव बोहरा विजयी भए। उनले ४ हजार ३४७ मत पाए।