काठमाडौँ– राष्ट्रिय सभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन्।
अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली काँग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन्। ढुङ्गाना धनुषा र चौधरी पर्साकी हुन्।
निर्वाचित ढुङ्गानालाई प्रदेश सभाका ६७ सांसद र पालिकाका २०१ प्रमुखरउपप्रमुखले मतदान गरेका छन् भने चौधरीलाई प्रदेश सभाका ७६ सांसद र पालिकाका २०५ प्रमुख–उपप्रमुखले मतदान गरेका छन्।