मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। सरकारी निकायको भय रहला। परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ।
मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, हा
सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्ने छ। परिवारमा सुख सन्तोष छाउने छ। कला र गलाको प्रभाव बढ्ने छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला। बन्न लागेको काम बिग्रन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला।
तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमीको सहयोग प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। न्यायिक कार्यमा सफलता मिल्ने छ। शुभकार्यको योग छ।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। सामान हराउने भय पनि छ।
कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ। पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्ने छ। व्यापार, व्यवसायमा चाँहि लाभ नमिल्ला।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्ने छन्। सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
शुभ समाचार सुन्न पाइएला। कृषि क्षेत्रको काम अघि बढ्ने छ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज रोकिएको धन पाइएला। धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।
मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज आफन्तसँग सहकार्यको अवसर मिल्ने छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। एउटै कामबाट दोहोरो लाभ पनि मिल्ने छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। जोश, जाँगर र हिम्मत पनि बढ्न सक्छ।